बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

डिसी नेपाल
१५ साउन २०७७ १९:३१

काठमाडौं। कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ७ बैदी र वडा नम्बर ९ खक्रौला स्थित मोहना नदीमा आएको बाढीले सो स्थानमा रहेका करीव तीन सय ३० घरभित्र पानी पसेर डुबानमा परेकाहरुको एपीएफ टोलीले उद्धार गरेको छ। सो ठाउँमा घरहरु डुबानमा परेको भन्ने जानकारी पाउना साथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट एपीएफ टोली खटिई गई उद्धार कार्यमा सकृयताका साथ जुटेको थियो।

सो डुबानमा परेका ५५ जना मानीस, ३७ वटा चौपाया तथा ती घरमा रहेका सरसामानहरु सुरक्षित स्थानमा सारिएको छ। यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ८ स्थित सोनाफाँटा ईलाकामा साउन १४ गते गौरीखोलाको पानी बस्तीमा पसेर डुवानमा परेपछि सो ठाउँमा फसेका दुई जनाको एपीएफ टोली र स्थानीय प्रहरीले जिवितै उद्धार गरेको छ।

सो ठाउँ डुवानमा परेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भजनीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनीहरुको उद्धार कार्यमा खटिएको थियो। सो डुवानमा परेर सोही ठाउँ बस्ने ईश्वर शाह, चन्द्र वि.क. र ११ बर्षिय स्केल चौधरी बेपत्ता भएको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *