झडपमा परेर फिलिपिन्समा १२ को मृत्यु, १३ घाइते

डिसी नेपाल
१५ साउन २०७७ २०:३१

मनिला । फिलिपिन्समा सरकारी सुरक्षाकर्मी र विद्रोहीका बीचमा भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये दुई जना सुरक्षाकर्मी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी घाइते भएका १३ जना पनि सुरक्षाकर्मी नै रहेका छन् ।

सेनाका प्रवक्ताले बिहीबार दिएको जानकारी अनुसार दक्षिणी फिलिपिन्सको मगुइन्डानाओ प्रान्तमा झडप भएको हो । फिलिपिन्सका लेफ्टिनेन्ट कर्णेल एन्होभिक एन्टिलानोले बाङसामोरो इस्लामिक स्वतन्त्रता सङ्ग्राम (बिआइएफएफ) का नेता हसन इन्डाल कहाँ छन् भन्ने पहिचान गरेर आक्रमण गरिएको बताए।

स्थानीय समय अनुसार विहान ५:३० बजेतिर २० आतङ्ककारीहरुलाई लक्षित गरेर सुरक्षाकर्मीहरुले सुरक्षा कारबाही गरेको उनले जानकारी दिए । सुरक्षाकर्मीहरुले झण्डै छ घण्टा आक्रमण गरेको र त्यसपछि आक्रमण स्थगित गर्ने निर्णय गरेको थियो । एटीलानोले विद्रोहीतर्फका अरु धेरै घाइते भएको हुनसक्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *