झापामा सशस्त्र प्रहरी निरीक्षकसहित चार जनामा कोरोना संक्रमण

डिसी नेपाल
१६ साउन २०७७ ९:२८

काठमाडौं। झापामा सशस्त्र प्रहरी निरीक्षकसहित चार जनालाई कोरोना संक्रमण देखिएको छ। सशस्त्र प्रहरी बल इलाम जिरमुलेका कार्यरत प्रहरी नीरिक्षकलाई झापास्थित घरमा आएको बेला कोरोना संक्रमण देखिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। विहीबार साँझ आएको रिपोर्टमा झापामा प्रहरी नीरिक्षकसहित अन्य चार जनामा संक्रमण देखिएको हो।

सशस्त्र प्रहरी स्रोतका अनुसार पाडाजुंगे तालिम केन्द्रमा कार्यरत तीन जना जवनाहरु संक्रमित भएका छन्। तालिममा केन्द्रमा कार्यरत अन्य अधिकृत तथा जवानहरुको स्वाब संकलन भैरहेको छ । त्यसैगरी संक्रमित प्रहरी नीरिक्षकसँगै रहेका सशस्त्र प्रहरीका डिएसपीको पनि स्वाब संकलन गरिएको छ । उनको भने परिक्षण रिपोर्ट आउन बाँकी रहेको छ।

झापामा यसअघि नाकामा खटिएका १७ जना पुरुष र एक जना महिला सशस्त्र प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । झापामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय झापाले नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ । जिल्ला प्रहरी झापाले सीमा क्षेत्रका नागरिकहरु एक सय १७ जना स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *