काेभिडका लागि थप सात करोड निकासा

डिसी नेपाल
१६ साउन २०७७ ९:३४

जनकपुर । प्रदेश नं २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि बिहीबार सात करोड निकासा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड अस्पताल निर्माण गर्न र हाल सञ्चालनमा रहेका आइसोलेसनकक्षको थप व्यवस्थापन, बिरामीको खाना–खाजा र श्ययाको सङ्ख्यामा वृद्धिलगायतका लागि सो रकम निकासा गरेको जनाएको छ।

बाराको सिमरामा कोभिड अस्पताल निर्माण गर्न एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शववाहन तथा एम्बुलेन्स खरिदका लागि एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाही जिल्लामा आइसोलेसनकक्षको व्यवस्थापनका लागि ७५÷७५ लाख तथा धनुषा, महोत्तरी र सिरहाका लागि ५०÷५० लाख निकासा गरिएको छ। आवश्यकताको आधारमा जिल्लाबाट माग भएबमोजिम थप रकम व्यवस्थापन गरिने कार्यालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *