कोरोना नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाई गर्न उच्च अदालत जनकपुरको आदेश

डिसी नेपाल
१६ साउन २०७७ १८:४०

काठमाडौं। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले कोरोना महामारी नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाई गर्न आदेश दिएको छ। पर्साका अधिवक्ता सुधिरकुमार कर्णले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डिल्लीरजा आचार्यको इजलासले यस्तो आदेश दिएको हो।

अभिवक्ता कर्णले जिल्ला प्रशासन कार्यालय पर्सा, प्रदेश सरकार, प्रदेश नम्बर २ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर कोरोना महामारीका बीच पनि सीमा क्षेत्रमा आवत जावतमा कडाई नगरिएको भन्दै त्यसलाई कडाईको माग गर्दै रिट दायर गरेका थिए।

निवेदको मागअनुसार विपक्षीका नाममा अन्तरिम आदेश दिँदै उच्च अदालत जनकपुर वीरगञ्ज इजलासले सीमा क्षेत्रमा कडाई गर्नका लागि स्थानीय प्रशासन, प्रदेश सरकारलाई आदेश दिएको छ। साथै सीमा क्षेत्रमा गस्ति तथा निगरानी बढाउनसमेत भनेको छ।

संघीय सरकारले कुनै निर्णय गरेबाहेक अन्तर्राष्ट्रिय सीमामा आवातावत रोक्न अदालतले आदेश दिएको छ। अदालतले शुक्रबार विभिन्न १७ बुँदे आदेश दिएको छ। अदालतले नारायण उपक्षेत्रीय अस्पतालमा सर्वसाधारले सेवा नपाएकोमा पनि बोलेको छ। अदालतले प्रदेश सरकारलाई जनताको स्वास्थ्य तथा उपचार गर्न पाउने अधिकारको संरक्षण गर्नसमेत आदेश गरेको छ। यस्तै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेकोमा जनताको समस्याबारे भने यथोचित व्यवस्था नगरिएको भन्दै खाद्यन्नलगायतका विषयमा व्यवस्था गर्न पनि भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *