अब लडाकु विमानको विषयलाई लिएर भारत र चिनियाँ सञ्चारमाध्यमबीच भिडन्त, कसले के भने?

डिसी नेपाल
१६ साउन २०७७ १९:०७

काठमाडौं (एजेन्सी)। भारत र चीन मित्रभन्दा धेरै दुश्मन मुलुक हुन्। १९६२ मा यी दुई मुलुकबीच युद्ध भइसकेको छ भने भारतीयहरुले त्यो बेलाको नमिठो हार अझ विर्सिएका छैनन्। त्यसैले भारतीयहरु चीनको विषयलाई लिएर उत्तेजक प्रतिक्रिया दिन्छन्।

यसैक्रमम हालै चीन र भारतीय सेनाबीच लद्दाखको गलवान उपत्यकामा भएको भिडन्तमा २० जना भारतीय सैनिक मारिएपछि त भारतीय सञ्चारमाध्यमहरु चीनका पछाडि नै परेका छन्। भारतीय सञ्चार माध्यमहरु चीनबारे उत्तेजक समाचारहरु प्रशारण गरिरहेका छन्। यहीबीचमा चौथो संस्करणको बताइएको फ्रान्समा बनेको लडाकु विमान भारत आइपुगेको छ। भारतले ३६ वटा राफयेल लडाकु विमान फ्रान्सबाट किन्ने सम्झौता गरेको थियो। सोही सम्झौताअनुसार ५ वटा विमान भारत पुगेका छन्।

भारतीय वायु सेनामा यी लडाकु विमान समावेस गरिएपछि भारतीय सञ्चार माध्यमहरुले अब भारत चीनभन्दा शक्तिशाली बनेको भन्दै प्रचार गरिरहेका छन्। उनीहरुले राफयेल विमानका विषेशताबारे प्रचार गर्दै वायु सेनाको शक्तिमा अब भारत चीनभन्दा अगाडि रहेको दावी गरेका छन्।

उता चिनियाँ समाचार माध्यम पनि के कम। चिनियाँ सञ्चार माध्यमहरुले पनि भारतीय सञ्चार माध्यमलाई जवाफ फर्काइरहेका छन्। भारतमा राफयेल विमान पुगेपछि प्रतिक्रिया दिँदै चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोवलटाइम्सले भारतीय राफयेल विमानभन्दा चीनको जे–२० विमान निकै आधुनिक रहेको बताएको छ। उसले राफयेल विमान तेस्रो संस्करणको रहेको र जे–२० चौथो संस्करणको भएको दावी गरेको छ।

तर भारतीय सञ्चार माध्यहरुले भने चिनियाँ दावी गलत रहेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *