इराकमा सन् २०२१ को जुन ५ मा निर्वाचन हुने्

डिसी नेपाल
१७ साउन २०७७ १७:२८

बगदाद । इराकमा आगामी सन् २०२१ को जुन ६ मा संसदीय निर्वाचन हुने भएको छ । प्रधानमन्त्री मुस्तफा अल कादिमीले शुक्रबार निर्वाचनको मिति घोषणा गरेका हुन्।

उनले निर्वाचनलाई सरकारको राजनीतिक कार्यक्रम अन्तर्गतको कार्यक्रमका रुपमा पनि उल्लेख गरेका छन् ।

“म यो घोषणा गर्न चाहन्छु की आगामी सन् २०२१ को जुन ६ तारिखका दिन हाम्रो देशको संसदीय निर्वाचन गरिने छ, यसमा हामी सवैको सहयोग र समर्थन हुनुपर्दछ,” उनले भनेका छन् ।

टेलिभिजन सन्देशका क्रममा उनले अव हुन लागेको निर्वाचन समयावधिभन्दा अगाडिको अग्रिम निर्वाचन हुने पनि जानकारी दिए। उनले निर्वाचनका लागि आवश्यक सवै कानुन पारित गरेर अनुमोदनका लागि राष्ट्रपति कार्यालयमा पठाउन पनि आग्रह गरेका छन्।

उनले अन्तरराष्ट्रिय पर्यवेक्षकका साथमा निर्वाचन आयोगले पर्याप्त गृहकार्य गरेर स्वतन्त्रतापुर्वक निर्वाचन गराउन पाउने पनि जानकारी गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *