‘राष्ट्रिय परम्पराको संरक्षण गर्न’ भन्दै स्कर्ट लगाउन प्रतिबन्ध !

डिसी नेपाल
२० साउन २०७७ ९:५३

काठमाडौं। राष्ट्रिय परम्पराको संरक्षण गर्न भन्दै पूर्वी एसियाली देश कम्बोडियाले महिलाहरुलाई छोटो स्कर्ट लगाउन र पुरुषहरुलाई सर्टलेस हुन प्रतिबन्ध लगाउने तयारी गरेको छ । यो प्रस्तावित कानुनको समर्थन गर्ने सांसदहरुले यसबाट समाजमा बढिरहेको यौन हिंसामा रोक लाग्ने र कम्बोडियाली संस्कृतिको मेत संरक्षण हुने बताएका छन् । यदि यो प्रस्ताव संसदबाट पारित भएमा त्यहाँको प्रहरीले यस्ता कपडा लगाउनेहरुमाथि कारवाही गर्ने अधिकार पाउनेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार यो प्रस्तावित कानुन कम्बोडियाको संसद र सरकारी मन्त्रालयहरुबाट पारित भएमा २०२१ को सुरुदेखि लागू गरिनेछ । त्यसपछि यदि कुनै पुरुष सार्वजनिक स्थलमा सर्टलेस देखिएमा वा कुनै कहिलाले छोटो कपटा लगाएको देखिएमा उनीहरुमाथि कारवाही गरिनेछ । कारवाही जरिवानाको स्वरुपमा हुने प्रस्ताव गरिएको छ ।

यो प्रस्तावका आलोचकहरुले यो कानुनको प्रयोग सामाजिक रुपले रुढीवादी देशमा महिलाहरुलाई नियन्त्रित गर्ने र उनीहरुलाई उत्पीडित गर्नको लागि गर्न सकिने बताएका छन् । कम्बोडियन सेन्टर फर ह्युमन राइट्स च्यारिटीका कार्यकारी निर्देशक चक सोपेले बताएअनुसार हालै कम्बोडियाको सरकारमा सहभागी कैयौं व्यक्तिहरुले महिलाहरुको कपडाका विषयमा कैयौं विवादित बयान दिएका छन् । अर्कोतर्फ सरकारले महिलामाथि हुने हिंसाका लागि उनीहरुको कपडालाई जिम्मेवार ठहर गरेको छ ।

२०२० को सुरुवातमा कम्बोडियामा एक महिलालाई फेसबुक लाइभ स्ट्रिममा कपडा र सौन्दर्य प्रसाधन बेच्ने क्रममा छोटो कपडा लगाएको आरोपमा सजाय सुनाइएको छ । अधिकारीहरुले उनलाई समाजमा अश्लीलता फैलाएको दोषमा ६ महिनाको लागि जेल पठाएका थिए । महिलाको गिरफ्तारीको केही दिनपछि प्रधानमन्त्री हुन सेनले अधिकारीहरुलाई उत्तेजक कपडा बिक्री गर्नेहरुविरुद्ध कारवाहीको आदेश दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *