झापामा पीसीआर प्रयोगशाला

डिसी नेपाल
२१ साउन २०७७ १९:५४
4
Shares

झापा । मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । सङ्घीय सांसद पवित्रा खरेल र प्रदेश नम्बर १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरुपमा सो प्रयोगशालाको उद्घाटन गरे।

प्रदेश नं. १ सरकारको सहयोगमा मेची अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाले एक चक्रमा ९० जनाभन्दा बढीको स्वाबको नमूना परीक्षण गर्ने नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए।

सञ्चालनमा आएको प्रयोगशालाले सोही अस्पतालको आइसोलेसनमा उपचारारत ५ जना कोभिड–१९ का सङ्क्रमितको स्वाब परीक्षण गरेको छ । यहाँ गरिएको परीक्षणको नतिजालाई पुनः परीक्षणका लागि प्रदेशको प्रयोगशालामा लगिने बताइएको छ ।

त्यस्तै झापाको कनकाई नगरपालिकामा अर्को पीसीआर प्रयोगशालासमेत मेची अस्पतालकै मातहतमा छिट्टै सञ्चालनमा आउने भएको छ । अस्पताल विकास समितिले कनकाई नगरपालिकाले आर्थिक व्ययभार व्यहोर्ने गरी उक्त पीसीआर प्रयोगशालाको सञ्चालन र व्यवस्थापन आफैँले गर्ने सहमति भएको छ ।

‘एकका लागि एक नामक’ अभियानमार्फत जनस्तरमा सङ्कलित रकमबाट खरिद गरेर कनकाईको समर्पण भवनमा प्रयोगशालाका मेसिन जडान भइसकेको छ । सरकारले अनुमति दिन ढिलाई गरेका कारण जडान भइसकेर पनि उक्त प्रयोगशाला सञ्चालन आउन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.