डुङ्गा डुब्दा बङ्लादेशमा कम्तीमा १७ को मृत्यु
ढाका । बङ्लादेशमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १७ यात्रुको मृत्यु भएको छ । देशको राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एक जना अझै बेपत्ता रहेका छन् ।
“दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव हामीले ल्याएका छौँ, अर्का एक जनाको खोजी भइरहेको छ,” जिल्लाका एक जना प्रहरी प्रमुख एकेएम मोनिरुल इस्लामले भने।
उनले खराब मौसमका कारण बुधबार मध्याह्नको समयमा डुङ्गा दुर्घटना भएको पनि सञ्चारकर्मीलाई जानकारी दिने। दुर्घटनामा परेको डुङ्गामा ४८ जना यात्रु रहेका थिए । तीमध्ये ३० जना यात्रु पौडिएर बाँच्न सफल भएको उनले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment