कोटघर स्वास्थ्यचौकी सिल

डिसी नेपाल
२२ साउन २०७७ ९:१७

जुम्ला । कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ। कनकासुन्दरी–३ स्थायी घर भएको एक महिलालाई यहाँस्थित कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोन सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीलाई सिल गरिएको हो।

स्वास्थ्यचौकी प्रमुख पद्मा रावतले स्वास्थ्यचौकी र आसपासका क्षेत्र सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिइन्। सरकारले लकडाउन खुला गरेपछि यहाँ पहिलोपटक कोरोना देखिएको बताइएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *