कर्मचारीमा संक्रमणको आशंकामा अमेरिकास्थित नेपाली दूतावास तीन दिनका लागि बन्द

डिसी नेपाल
२२ साउन २०७७ ९:५६

वासिंगटन डिसी। संयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा रहेको नेपाली राजदूतावासमा कार्यरत एकजना कर्मचारी कोरोना भाइरस संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेपछि दूतावास नै तीन दिनका लागि बन्द गरिएको छ।

समाचारअनुसार, दूतावासमा कार्यरत अफिस सेक्रेटरी क्लारिसा लिसिङम यसरी कन्ट्याक्ट ट्रेसिङमा परेपछि उनको कोरोना संक्रमण परीक्षण गरिएको छ। उनको परीक्षणको रिजल्ट नआउन्जेल भन्दै दूतावास नै बन्द गरिएको छ।

क्यारिसाका छोरा काम गर्ने ठाउँमा उनका एकजना साथीमा कोरोना संक्रमण पोजेटिभ देखिएका कारण क्लारिसाका छोरालाई पनि संक्रमण हुन सक्ने भन्दै परीक्षण गरिएको थियो।

विदेशी कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेकै आधारमा दूतावास बन्द गरिए पनि अमेरिकामा कोरोना महामारी फैलिएको पिक आवरमा दूतावासका केही कर्मचारीहरु दूतावासकै गाडी र ड्राइभर लिएर समुद्रका किनारमा पानीमा खेल्न पुगेका थिए।

छोराको नतिजा नआउँदै र आमाको पनि परीक्षण गर्नु परेका कारण दूतावासका कर्मचारीहरु संशकित भएपछि राजदूत अर्जुनकुमार कार्कीले ३ दिन दूतावास नआउन सबै कर्मचारीहरुलाई छुट्टी दिने निर्णय गरेका हुन्।

समाचारअनुसार, अगष्ट ४ तारिक मंगलबारदेखि ६ तारिक विहीबारसम्म दूतावास बन्द गरिएको छ । छोरा कन्ट्याक्ट ट्रेसिङमा परेपछि पनि क्लारिसा कार्यालय आएका कारण नेपाली कर्मचारीहरु डराएका हुन्।

क्लारिसाको परीक्षण रिपोर्ट आइनसकेको र कस्तो रिपोर्ट आउँछ सो हेरेर थप निर्णय गरिने बताइएको छ। विदेशी कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेकै आधारमा दूतावास बन्द गरिए पनि अमेरिकामा कोरोना महामारी फैलिएको पिक आवरमा दूतावासका केही कर्मचारीहरु दूतावासकै गाडी र ड्राइभर लिएर समुद्रका किनारमा पानीमा खेल्न पुगेका थिए।

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सीडीसी) ले समुद्री किनारहरु कोरोना भाइरस फैलनसक्ने खतरनाक ठाउँहरुमध्ये एक भन्दै सूचिकृत गर्दै आएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले पनि सम्बन्धित देशको कोरोना नियन्त्रणसम्बन्धी गाइडलाइन पालन गर्न निर्देशन पठाएको भए पनि केही कर्मचारी जुलाईको पहिलो साता समुद्र किनारमा दिनभर पानीमा खेलेर फर्किएका तर उनीहरुले कोरोना परीक्षण नगरी कार्यालय खुलेपछि काममा आएका थिए। जुलाई ५ को मितिमा दुतावासकै एकजना कर्मचारीले फेसबुकमा समुद्री किनाराको जलक्रिडाका तस्वीरहरु सार्वजानिक गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *