सुशान्त सिंह मृत्यु प्रकरणः सीबीआईले गर्यो मुद्दा दर्ता, रिया र उनको भाइको नाम पनि समावेश
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणको अनुसन्धानमा जुटेको सीबीआईले एफआइआर दर्ता गरेको छ। सीबीआईमा दर्ता भएको एफआइआरमा उनकी प्रेमिका रिया चक्रवर्ती र उनको भाई शोभिक चक्रवर्तीको नाम पनि समावेश गरिएको छ।
सीबीआईले आईपीसीको धारा ३०६, ३४१, ३४२, ४२०, ४०६ र ५०६ को आधारमा केस दर्ता गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। एफआइआरमा रिया चक्रवर्ती, शोभिक चक्रवर्ती, ईन्द्रजीत चक्रवर्ती, संध्या चक्रवर्ती, स्यामुअल मिरांडा, श्रुति मोदी लगायत अन्य व्यक्तिको नाम रहेको छ।
अभिनेत्री रियाविरुद्ध सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप लागेको छ। उनको विरुद्ध सुशान्तका पिता केके सिंहले पनि पटना पुलिसमा मुद्दा दर्ता गराएका थिए। बिहार सरकारको सिफारिसमा केन्द्र सरकारले बुधबार सुशान्तको मुद्दा सीबीआईलाई हस्तान्तरण गर्न अनुमति दिएको थियो। बिहार पुलिसले रियाको विरुद्धमा पर्याप्त सबूत भएको बताएको छ।







डिसी नेपाल







Facebook Comment