जिल्ला प्रशासन नुवाकोटले सुरु गर्यो मोबाइलबाटै सेवा
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजदेखि मोबाइलबाट सेवा संचालन गरेको छ। कोरोनाभाइरसको जोखिम बढिरहेको वर्तमान अवस्थामा सरकारी तथा सार्वजनिक निकायमा सेवाग्राहीको अनावश्यक भीडभाडलाई कम गर्न प्रशासनले मोबाईल फोनबाट नै सेवाको संचालन तथा व्यवस्थापनको सुरुवात गरेको हो ।
कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिरहेको हुँदा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सेवाग्राहीहरुलाई आफनो कामको विषयमा जानकारी लिई सेवा लिन आउने प्रयोजनको लागि मोवाईल फोनबाट पनि सुचना लिन सकिने प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालले जानकारी दिए।
प्रजिअ ढकालका अनुसार समुदायमा कोरोनाको त्रास बढी रहेको हुँदा जिल्लास्थित कार्यालयहरुमा आमनागरिकहरुले सोधपुछको लागि जिल्लाको सबै सरकारी कार्यलयको मोवाईल नम्बर र सम्पर्क व्यक्ति समेत तोकिएको हो। मोबाईलबाट नै धेरै कामहरुको सूचना लिन सरल र सहज हुने भएकोले मोबाईल फोन सेवा सन्चालनमा ल्याईएको उनको भनाई रहेको छ।








डिसी नेपाल








Facebook Comment