नागासाकीको ७५ औ वार्षिकीः कोकुरा कसरी जोगियो, यहाँ अमेरिका बम खसाल्नेवाला थियो

डिसी नेपाल
२४ साउन २०७७ २०:०१

टोकियो (बीबीसी)। ६ अगस्टमा परमाणु बम तयारी अवस्थामा राखिएको थियो। किनकी केही कारणले हिरोशिमामा बम खसाल्न सकिएन भने यसको प्रयोग गर्न सकियोस्।

तीन दिनपछि बी–२९ बमवर्षक विमान बिहानै बिहानै कोकुराका लागि उडे। ती मध्ये १ मा फ्याट म्यान राखिएको थियो जो हिरोशिमामा खसालिएको यूरेनियम बमभन्दा पनि अधिक शक्तिशाली एक प्लूटोनियम बम थियो।

तर कोकुराको माथि बादल जम्मा थियो। धुँवा पनि जम्मा भएको थियो। सो धुँवा सायद छिमेकी शहर यवाटामा अघिल्लो दिन भएको बमबारीका कारण जम्मा भएको थियो।

केही इतिहासकारहरुले के पनि दावी गरेका छन् भने, जब पुरा जापानमा हवाई आक्रमण भइरहेको थियो, त्यसैले जापानको कोइला उद्योग रहेको कोकुरामा जानी जानी कोइला जलाएर धुँवा उडाइएको थियो। किनकी बमबारीबाट शहरलाई जोगाउन सकियोस।

अमेरिकी सैन्य दस्तावजहरु र एक विमानमा बसेका न्यूयोर्कका पत्रकार विलियम लोरेन्सको रिपोर्टका अनुसार बी–२९ बमवर्षकहरुले तीन पटक कोकुराको फन्को मारेका थिए।

खासमा आदेश के थियो भने बम त्यो बेलामात्र खसाल्न सकिन्थ्यो जब टार्गेट स्पष्ट रुपमा देख्न सकिन्थ्यो। किनकी धेरै नोक्सान नहोस् भन्ने पनि थियो।

समस्या अर्को पनि थियो। जमिनमा रहेका सेनाले विमानलाई देखिसकेका थिए। र विमानमाथि आक्रमण भएको थियो।

जुन बी–२९ बमवर्षक विमानमा बम थियो, त्यसलाई उडाइरहेका मेजर चाल्सर्न स्वीनीले नागासाकीतर्फ जाने निर्णय लिए र कोकुरा बच्यो।

एक पटक फेरि छोडियो

अमेरिकी विमानहरुले मार्च १९४५ देखि नै जापानमा आक्रमण गरिरहेका थिए। विमानबाट यस्ता बमहरु खसालिएको थियो, जसले जमिनमा आगो लागिरहेको थियो
एक अनुमानअनुसार ९ मार्चमा टोकियोमामात्र एक रेडका क्रममा ८३ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो। र १० लाख मानिसहरु विस्थापित भएका थिए।

तर जब बी–२९ बमवर्षक विमान कोकुरा पुगे, त्यो बेला सो शहर एकदम ठिक थियो। परमाणु बमको सम्भावित टार्गेटमा आगो लगाउने बम खसालिएको थिएन। यसैले कोकुरालाई पनि छोडिएको थियो।

यी शहरहरुलाई पहिला आक्रमणबाट किन जोगाइएको थियो भने, अमेरिकी सेना शक्तिशाली हतियारबाट हुने क्षतिबारे राम्रो अध्ययन गर्न चाहन्थ्यो।

राहत पनि र दुःख पनि

१५ अगस्टमा सम्राट हिरोहिताले बिना शर्त जापानले आत्मशमर्पण गर्ने घोषणा गरिदिए। कोकुरा विनाशबाट जोगिएको थियो, तर मानिसहरुमा अझै डर थियो।
जब हल्ला फैलियो कि नागासाकीमा खसालिएको बम पहिला कोकुरामा खसाल्ने तयारी थियो, त्यहाँका मानिसहरुले राहत त महसुस गरे। तर त्यो राहतमा दुःख र सहानुभूति पनि थियो।

कीटाक्यूशूमा एक नागासाकी परमाणु बम स्मारक छ, जो एक पूर्व आयुधशालाको मैदानमा बनेको एक पार्कमा छ। स्मारकमा शहर बमबाट बचेको र नागासाकीको दुर्दशा, दुबैको वर्णन गरिएको छ।

दुबे शहरबीच दशकौंदेखि मैत्रिपूर्ण सम्बन्ध झन प्रगाढ भएको छ र मानिसहरुले दुबैको भाग्य कसरी जोडिएको छ, त्यो पनि बुझेका छन्।

गएको वर्ष कीटाक्यूशू शहरका एक प्रवक्ताले ब्लूमबर्ग न्यूज एजेन्सीसँग भनेका थिए, ‘तथ्य के हो भने जुन बम कोकुरामा खसालिने तयारी थियो, सोही बम नागासाकीमा खसालिएको हो।’

तर कीटाक्यूशूले भविष्यतर्फ पनि हेरेको छ। जापान पूनर्निर्माणका क्रममा यो औद्योगिक शहर निकै धेरै प्रदूषित भएको थियो। तर हालका दिनहरुमा यो एशियाको सबैभन्दा हरियाली शहर मध्ये एक हो। बीबीसीबाट अनुवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *