कुशल व्यवहारका लागि बौद्ध शिक्षा आवश्यक

डिसी नेपाल
२४ साउन २०७७ २२:०९

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जागिरका लागि औपचारिक शिक्षाको प्रमाणपत्र र कुशल व्यवहारका लागि बौद्ध शिक्षा आवश्यक रहने बताएका छन्। कामपा वडा २५ श्रीघः नघलस्थित धर्मकीर्ति बौद्ध परियत्ति केन्द्रमा आज आयोजना गरिएको पुरस्कार वितरण समारोहमा कामपा प्रमुख शाक्यले महानगरले विभिन्न थेरवादी तथा बज्रयानी विहार निर्माण गर्न आवश्यक सहयोग पु¥याउँदै आएको स्पष्ट पारे ।

महानगरभित्र रहेका बुद्ध विहारको मूल भवन, लुम्बिनीको बज्रयान महाविहार, जनबहाल (सेतो मत्स्येन्द्रनाथ) को दिगीछेँ, स्वयम्भूस्थित भजनघरसँगैको विहार, स्वयम्भूस्थित आनन्दकुटी विहार, किमडोलस्थित आनन्दभुवन विहार र बानेश्वरस्थित अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र निर्माणमा पनि कामपाको सहयोग छ ।

समारोहमा कक्षा ४ देखि १० सम्म बौद्ध परियत्ति शिक्षा उत्तीर्ण २५ विद्यार्थीलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । केन्द्रबाट परियत्ति शिक्षा अध्यापनका लागि महानगरले रु पाँच लाख उपलब्ध गराएको छ । समारोहमा शैक्षिक गतिविधि अगाडि बढाउन सघाउ पु¥याउने उद्देश्यले प्रमुख शाक्यले ल्यापटपलगायत शैक्षिक सामग्री प्रदान गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *