कामपा १४ मा रहेको महिला विकास समितद्वारा कोभिड–१९ सचेतनामूलक कार्यक्रम सम्पन्न

डिसी नेपाल
२५ साउन २०७७ १६:५५

काठमाडौं । काठमाडौं महानगरपालिका १४ मा रहेको महिला विकास समितिले कोभिड–१९ रोकथाम तथा नियन्त्रणकाे सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौं नगरपालिका १४की वडाध्यक्ष शोभा सापकोटा संयोजक रहेको महिला विकास समितिले काठमाडौंमा तिव्र गतिमा बढ्दै गएको कोरोना नियन्त्रणको विषयमा छलफल गरेको थियो।

कार्यक्रममा वडाध्यक्ष सापकोटाले बढ्दै गएको कोरोना नियन्त्रणको लागि वडाबाट आवश्यक सहयोग प्रदान गरिने बताएकी थिइन। उनले कोभिड १९ को अवस्था नियन्त्रणको उपायको बारेमा पनि आफ्नो राय राखेकी थिइन्। २०० भन्दा बढी महिला आवद्ध रहेको उक्त समितिको अध्यक्षको रुपमा अम्बिका अधिकारी आवद्ध रहेकी छन् । समितिकी अध्यक्ष अधिकारीले कोरोना महामारी नियन्त्रणको लागि महिला विकास समिति सक्रिय भएर लाग्ने बताइन्।

कोरोना महामारिका कारण पधाधिकारी र निगरानी कमिटका महिलाहरुका लागि मात्र प्रशिक्षण तथाअन्तरकृया कार्यक्रम राखिएको थियो। कार्यक्रममा सहभागिहरुले जिज्ञासा एवम् आफ्नो अनुभव प्रस्तुत गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *