कोरोनाले छेकेन कृष्ण भक्तजनलाई (फोटोफिचर)

डिसी नेपाल
२७ साउन २०७७ १२:२९

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस वर्ष कोरोना भाइरसको जोखिमले गर्दा देशभरका मन्दिरहरु बन्द छन् । तर, कृष्ण भत्तजनहरुलाई कोरोनाले छेक्न सकेन । मन्दिर बन्द नै भए पनि भक्तजनले मन्दिर परिसरमा गएर भगवान् कृष्णको पूजा–आराधाना गरेका छन् ।

विगतका वर्षहरुमा निकै भिडभाड हुने ललितपुरको कृष्ण मन्दिरमा पुग्दा यस वर्ष त्यति भिड थिएन तर, सयौंको संख्यामा मानिसहरु आएर टाढैबाट पूजा गरी फर्किरहेका देखिन्थे। कतिपयले आफ्ना साना–साना नानिहरुलाई कृष्ण र राधाको रुप धारण गरी मन्दिर परिसरमा ल्याएका थिए ।

यस्तै केही दृश्यहरु हामीले क्यामेराको लेन्समा कैद गर्ने प्रयास गरेका छौं ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *