जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

डिसी नेपाल
२८ साउन २०७७ ११:४५

काठमाडौं। जनकपुरका पूर्व मेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको हो। काठमाडौंको मेडिसिटी अस्पतालमा बुधबार विहानै गिरीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

‘उहाँको बुधबार विहानै निधन भएको हो,’ अस्पताल स्रोतले डिसी नेपालसँग भन्यो, ‘कोरोनाकै कारण मृत्यु भएको भन्ने छ। तर हामीले भन्न मिल्दैन।’

७२ वर्षीया गिरी देखि साता अघिदेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। गिरी मुटु सम्बन्धी र उच्च रक्तचापबाट पीडित थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *