अवैध मिर्गौला प्रत्यारोपण प्रकरणः वडाध्यक्ष धरौटीमा रिहा

डिसी नेपाल
२८ साउन २०७७ २०:५०

ललितपुर । ललितपुर महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जन धरौटीमा रिहा भएका छन् । मिर्गौला प्रत्यारोपण गर्दा नाता नै नपर्ने व्यक्तिलाई आफन्त बनाएको आरोपमा प्रहरीले उनलाई असार २८ गते नियन्त्रणमा लिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रमुख मोना सिंहले ललितपुर जिल्ला अदालतको आदेशमा महर्जन आज रु ५० हजार धरौटीमा छुटेको जानकारी दिइन् । प्रहरीले महर्जनसहित अन्य १२ जना व्यक्तिलाई त्यस दिन नियन्त्रणमा लिएको थियो । अन्य थप सातजना भने अझै फरार रहेका सिंहले बताइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.