यौन दुर्व्यवहारमा विषयमा मुख खोले इमरान हाशमीले
एजेन्सी। मी टू अभियानका कारण बलिउडका धेरै कलाकारले आफ्नो धारणा व्यक्त गरिसकेका छन्। यो अभिनाले खराब नियत भएकाहरुको मुख बन्द भएको छ भने फिल्ममा सेक्सी सीन खिच्दा हुने समस्याका कारण कतिपय फिल्म निर्माता भने चिन्तामा डुबेका छन्।
यही विषयमा कुरा गर्दै बलिउड अभिनेता इमरान हाशमीले भने–हलिउड फिल्ममा जस्तै यहाँ पनि इन्टिमेसी म्यानेजर राख्नुपर्छ, जसको काम अभिनेत्रीले असजिलको फिल त गरेका छैनन् भनेर हेर्नु हो। साथै हरेक प्रोजेक्टसँग कलाकारलाई सेक्सुअल क्लाज साइन गराउनुपर्छ। ताकि कसैले भविष्यमा यौन दुव्र्यवहारको आरोप लगायो भने त्यसलाई अस्वीकार गर्न सकियोस्।’
यो विषयमा फिल्म निर्माता मुहेश भट्ट भन्छन्–भविष्यमा यही कोही कलाकारले कसैमाथि गलत आरोप लगाए भने यो चिन्ताको विषय हुन सक्छ। इन्टिमेट सीन दिए स्क्रिप्टको माग हो भने डराएर उक्त सिन कसरी खिच्न सकिन्छ।
आलिया मेरी छोरी हुन्। यदि फिल्ममा उनले किस गर्ने सीन छ भने उनले गर्नैपर्छ नी। यदि त्यो विषयमा मेरो आपत्ति छ भने हामीले उसलाई हिरोइन बनाउनु हुँदैन। यदि भविष्यमा कसैले गलत आरोप लगायो भने त्यसलाई कसैले पनि रोक्न सक्दैन। तर, यौन दुव्र्यवहारको विषयमा सावधानी अपनाउनुपर्छ। इन्टिमेसी म्यानेजर एक उपाय हो। सबैभन्दा सही विषय के हो भने हामी सबै इमान्दार बनौं।’
हलिउडको इन्टिमेसी निर्देशक एलिसिया रोडिजले भनिन्–जब फिल्ममा फाइट सीनकालागि स्टंट निर्देशक हुन्छ, डान्सकालागि कोरियोग्राफर हुन्छ भने फेरि सेक्सुअल सीनकालागि इन्टिमेसी निर्देशक किन राख्न नहुने?’
No ads found for this position

डिसी नेपाल
Facebook Comment