एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि पाल्पाको तानसेन बजार क्षेत्र सिल
तानसेन । पाल्पाको तानसेन बजार क्षेत्र सिल भएको छ। तानसेन नगरपालिका ४ की ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन बजारका विभिन्न क्षेत्र सिल गरिएको जिल्ला प्रशासन पाल्पाले विज्ञप्ति जारी गर्दै जनाएको छ।
प्रशासनले स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै बिहीबार साँझ ८ बजेदेखि लागू हने गरी बजार क्षेत्र सिल गरेको जनाएको छ। तानसेन नगरपालिकाको पूर्वमा हुलाक चोक, पश्चिममा गौरीशङ्कर गेस्ट हाउस, उत्तरमा टक्सार माछा पसल, दक्षिणमा पेट्रोल पम्पको चारकिल्ला भित्रको विशाल बजार क्षेत्र सिल गरिएको हो । जिल्ला प्रशासनले अर्को सूचना जारी नहुँदासम्म ती क्षेत्र सिल गरिएको विज्ञप्ति मार्फत जानकारी दिएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment