सिराहको विष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुषको काेराेनाबाट मृत्यु

डिसी नेपाल
३० साउन २०७७ १०:१३

काठमाडाैं। सिराहको विष्णुपुर गाउँपालिका १ का ४० वर्षीय एक पुरुषको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको छ।बिहीबार राति कोशी अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो।

निमोनिया भई श्वासप्रश्वासमा समस्या भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य संयाेजक रामसेवक रायले डिसी नेपाललाइ जानकारी दिए।

उनलाई २८ गते ज्वरो आएपछि कोसी अंचल अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ कोरोना टेस्ट गर्दा पोजेटिभ देखिएको उनले जानकारी दिए। त्यसपछि उनलाइ अस्पतालको आइसालेशनमा भर्ना  गरिएकाे थियाे।

उपचारको क्रममा रहेका उनलाई कोरोनाको लक्षण देखिएपछि बिहीबार दिउँसो ११ बजे स्वाब संकलन गरी परीक्षणको लागि पठाएको थियो। प्रदेश जनस्वास्थ्य ल्याबमा गरिएको परीक्षणको रिपोट बेलुका ७ बजे कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ।

यो संगै सिरहामा कोरोना संक्रमणका कारण मृत्यु भएकाको सङ्ख्या २ पुगेको छ। गएको हप्ता सिरहाको गोलबजार नगरपालिका–१२ का कोरोना संक्रमित २३ वर्षीय एक युवकको उपचारको क्रममा धरानमा मृत्यु थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *