मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या

डिसी नेपाल
३१ साउन २०७७ १०:३८

काठमाडाैं। काठमाडौँको मनमैंजुमा छुरा प्रहार गरी एक युवककाे हत्या गरिएकाे छ। शुक्रबार सुमन गोर्खा खाजा घरमा नुवाकोटको २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको हाे। तार्केश्वर नगरपालिकाको मितेरी पुलस्थित सो खाजा घरमा दोर्जे तामाङसहितको समूहले चक्कुले हानेर तामाङको हत्या गरेको हाे।

उनीहरूबीच भनाभनपछि विवाद हुँदा तामाङमाथि छुरा प्रहार भएकाे थियाे। छुरा प्रहारबाट गम्भीर घाइते भएका तामाङलाई ग्रिनसिटी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

लक्ष्मणमाथि छुरा प्रहार गर्ने दोर्जे तामाङ फरार भएका छन्। उनको खोजीमा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीको टोली खटिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *