पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर
काठमाडाैं। पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। शुक्रबार बेलुकी वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षका पुरुषको ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि साउन २४ गते वीरगञ्ज महा-नगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषमा उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिसको समस्या रहेको गण्डक कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
योसँगै पर्सामा मात्रै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment