कोरोना भाइरसकाे संक्रमणबाट कपिलवस्तुका पुरुषको बुटवलमा मृत्यु
No ads found for this position
No ads found for this position
No ads found for this position
No ads found for this position
रुपन्देही ।कोरोना भाइरस सङ्क्रमणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बिरामीको मृत्यु भएको छ । तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
फोक्सोमा समस्या देखिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नेक्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनको प्रारम्भिक पिसिआर रिपोर्ट नेगेटिभ आए पनि पुनः गरिएको परीक्षण रिपोर्ट भने पोजेटिभ आएको छ ।
उनी अस्पताल आउँदा नै फोक्सोमा गम्भीर समस्या देखिएकाले आइसियुमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई र कोरोना विशेष अस्पतालमा २९ कोरोना सङ्क्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले बताए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment