उपत्यकाका ९८ सहित थप ४६८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १०० नाघ्यो
काठमाडौं। उपत्यकामा ९८ जनासहित ४६८ जना थप कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ४ सय ६८ संक्रमित थपिएको जानकारी दिए।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ८० जना, भक्तपुरमा ९ जना र ललितपुरमा ८ जना गरी काठमाडौं उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या २६ हजार १९ पुगेको छ।
हालसम्म १७ हजार २ सय १ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १२४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ। गत २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment