No ads found for this position
No ads found for this position

विश्वमा काेराेना : २ कराेड बढी संक्रमित, साढे ७ लाखकाे मृत्यु, निकाे हुनेकाे संख्या करिव डेढ कराेड

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३२ साउन २०७७ ८:०२
No ads found for this position

काठमाडाैं।  विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड १६ लाख १ हजार ८ सय बढी पुगेको छ। गत वर्षको डिसेम्बमा चीनबाट सुरु भएको कोरोनाले हालसम्म विश्वका २ सय बढी देशहरुलाई प्रभावमा पारेको छ।

संसारकै शक्तिराष्ट्रका रुपमा चिनिएको अमेरिका कोरोनाको सबैभन्दा बढी मारमा परेको छ। अमेरिकामा हालसम्म ५५ लाख २९ हजार ७ सय बढी कोरोनाका संक्रमितहरु भेटिएका छन्। सात करोड २ लाख २४ हजार ६ सय बढी जनसंख्याको पीसीआर परीक्षण गरेको अमेरिकामा कोरोनाका कारण १ लाख ७२ हजार ६ सय बढीले ज्यान समेत गुमाएको तथ्याङ्कमा उल्लेख छ।

अमेरिका पनि कोरोनका कारण सबैभन्दा बढी ब्राजिल प्रभावमा परेको छ। ब्राजिलमा हालसम्म ३३ लाख १७ हजार ८ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ७ हजार २ सय बढीले कोरोनाका कारण ज्यान समेत गुमाई सकेका छन्।

भारत पनि कोरोनाबाट प्रभावित हुने देशहरुको माथिलै सूचिमा पर्न गएको छ। हालसम्म भारतमा २५ लाख ८९ हजार २ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा पछिल्लो समय कोरोना ह्वात्तै बढेको तथ्याङ्कले बताउँछ। भारतमा हालसम्म ५० हजार बढीको मृत्यु भइसकेको छ भने १८ लाख ६० हजार बढी कोरोना संक्रमण मुक्त भइसकेका छन्।

निको हुनेको संख्या अमेरिकामा पनि निकै धेरै छ। हालसम्म अमेरिकामा २९ लाख बढी मानिसहरु कोरोनाको संक्रमण मुक्त भएका छन्। यस्तै ब्राजिलमा निको हुनेको संख्या २४ लाख ४ हजार बढी रहेको छ।

तथ्याङ्क अनुसार मेक्सिकोमा मृत्युदर धेरै रहेको छ। ५ लाख १७ हजार बढी संक्रमित भए पनि मृत्यु हुनेको संख्या भारत भन्दा बढी रहेको छ। मेक्सिकोमा ५६ हजार ५ सय बढीको कोरोनाका कारण मृत्यु भइसकेको छ।

विश्वभर काेराेनाकाे संक्रमणबाट मुक्त हुनेकाे संख्या  १ कराेड ४३ लाख २२ हजार ७ सय बढी रहेकाे तथ्यांकमा उल्लेख छ। यस्तै मृत्यु हुनेकाे संख्या ७ लाख ६८ हजार बढी रहेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *