थप ६४१ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु
काठमाडौं । आइतबार उपत्यकामा १७२ जनासहित ६४१ जना थप कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ६ सय ४१ संक्रमित थपिएको जानकारी दिए।
प्रवक्ता डा। गौतमका अनुसार काठमाडौं जिल्लामा १२६ जना, भक्तपुरमा ८ जना र ललितपुरमा ३८ जना गरी काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या २६ हजार ६६० पुगेको छ।
हालसम्म १७ हजार ३ सय ३५ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १३४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ७२४ रहेको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ। गत २४ घण्टामा १२ हजार २४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ। यस्तै १५हजार २४३ जना क्वारेन्टिनमा रहेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment