नेपाली सेनाका सहायक रथी राणा बर्खास्त

डिसी नेपाल
३२ साउन २०७७ १८:३२
16
Shares

काठमाडौं। नेपाली सेनाका सहायक रथी प्रयोगजंग राणा बर्खास्तगीमा परेका छन्। सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा रहँदा आर्थिक अनियमितता गरेको ठहर गर्दे १ करोड ७२ लाख जरिवाना र भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी सहाक रथी राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निर्देशनमा गत कात्तिकमा विभिन्न सैनिक अड्डाभित्र भएका भ्रष्टाचार छानबिन गर्न निगरानी संयन्त्र गठन गरेपछि राणालाई जेठमा नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको थियो।

उपरथीको नेतृत्वमा गठन भएको उक्त संयन्त्रले छानबिनको गोप्य प्रतिवेदन प्रधानसेनापति थापालाई दिएपछि राणालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको थियो।

सहायक रथी राणासँगै, महासेनानी नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई पनि बर्खास्त गरिएको छ।

यस्तै सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर बिष्ट र जमदार विनोद बस्नेतलाई एक तह दर्जा घटुवा तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत र महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डे ९अवकाश प्राप्त० लाई सफाइ दिने फैसला गरेको छ।

संयन्त्रले सैनिक अस्पताल, सैनिक सामग्री प्राप्ति निर्देशनालय, विभिन्न सैनिक तालिम केन्द्र, सैनिक महाविद्यालय, इन्जिनियरिङ विभागलगायत बजेट बढी विनियोजित भएका दुई दर्जन बढी सैनिक अड्डामाथि छानबिन गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *