भन्सार कार्यालयको सुरक्षार्थ खटिएका कमाण्डर डिएसपी संक्रमित

डिसी नेपाल
१ भदौ २०७७ १३:१६

काठमाडाैं। कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको बारा र पर्सामा संक्रमणको संख्या थपिँदै गएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार सशस्त्र प्रहरीका डिएसपी अमर खत्री र एक जवान तथा पोखरीया नगरपालिकाका मेयरलाई पनि संक्रमण देखिएको छ। डिएसपी खत्री वीरगन्ज भन्सार कार्यालयको सुरक्षार्थलागि खटिएको गुल्ममा कार्यरत थिए।

सशस्त्र प्रहरीका डिएसपी र जवानलाई संक्रमण देखिएपछि त्यहाँ रहेका अन्य सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा पठाएको छ।

सुरक्षा निकायमा फैलिदो संक्रमणका कारण पर्सास्थित वीरगन्ज महानगरपालिकामा सेना परिचालन गरिएको थियो। प्रयाप्त संख्यामा प्रहरी परिचालन गर्ने अवस्था नभएपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक राखेर सेनालाई परिचालन गरेको हो।

पछिल्लो २४ घण्टामा पर्सा र बारामा ८० जना कोरोना संक्रमित थपिएका छन्। आइतबार राती नारायणी अस्पताल र काभ्रेको धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा पर्साका ६३ र बाराका १७ जनामा संक्रमण पुष्टि भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *