गृहमन्त्रीको स्कर्टिङ गर्ने गाडीले ठक्कर दिँदा २ महिला घाइते
काठमाडौं। प्रहरीको गाडीले स्कुटीलाई ठक्कर दिँदा २ जना महिला घाइते भएका छन्। गृहमन्त्रीलाई स्कर्टिङ गर्न जान लागेको गाडीले ठक्कर दिँदा स्कुटरमा सवार २ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले जानकारी दिए।
गौतमले भने, ‘ प्रहरी हेटक्वाटरबाट नियमित डिउटीमा जाँदै गर्दा विहान ८ बजे सिंह दरवारको पश्चिम गेट नजिकै स्कुटरलाई गाडिले ठक्कर दिएको हो। दुई महिला सामान्य घाइते हुनुहुन्छ। उहाँहरुको ट्रमासेन्टरमा उपचार भइरहेको छ।’
स्कुटर र गाडीमा कस्को तर्फबाट गल्ती भएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको एसपी गौतमले बताए । नेपाल प्रहरीको बा १ झ ५५५४ नम्बरको जीपले बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
जीपको ठक्करबाट नुवाकोटको कविलास घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन्।







डिसी नेपाल








Facebook Comment