स्थानीय चिनियाँ अधिकारीले खतरनाक भाइरसबारे जानकारी लुकाएको खुलासा

डिसी नेपाल
३ भदौ २०७७ २३:५९

वाशिङ्टन (एजेन्सी) चीनको वुहानका अधिकारीहरुले खरतनाक भाइरसबारे बेइजिङस्थित केन्द्रीय नेतृत्वलाई जानकारी नदिएको अमेरिकी रिपोर्टले खुलासा गरेको छ। गएको जनवरीमा चीनको हुवेई प्रान्तका अधिकारीहरुले बेइजिङस्थित केन्द्रीय अधिकारीहरुलाई भाइरसबारे जानकारी नदिएको अमेरिकी एजेन्सीले आफ्नो अनुसन्धानबाट पुष्टि भएको जनाएको छ।

स्मरण रहोस गत जवनरीमा वुहानबाटै विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस फैलिएको थियो। अमेरिकाले यसअघि पनि चीनले भाइरसबारे यथेष्ट जानकारी नदिएको आरोप लगाउने गरेको छ।

पछिल्लो यो रिपोर्टले अमेरिकी आरोपलाई थप बल मिलेको छ।

अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाइम्सले अमेरिकी एजेन्सीको हवाला दिँदै वुहानका अधिकारीहरुले भाइरसबारे गोपनीयता राखेपछि यो भाइरस अनियन्त्रित ढंगले फैलिएको उल्लेख गरेको छ। उनीहरुले भाइरसबारे केन्द्रीय नेतृत्वलाई समयमा जानकारी नदिएर भाइरस फैलाउनमा सहयोग गरेको आरोप लगाइएको छ।

अमेरिकी रिपोर्टमा वुहानका अधिकारीहरुले भाइरसको सम्भावित जोखिम कम आँकेले यस्तो गल्ति भएको हुन सक्ने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *