निषेधाज्ञा जारी भएपछि सुनसान काठमाडौं [फोटो फिचर]

डिसी नेपाल
४ भदौ २०७७ १३:४१

काठमाडौं । उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो ।

सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको र उक्त आदेश भदौ १० गते राति १२ बजेसम्म कायम हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । यो समयमा अत्यावश्यक बाहेक हिंडडुलमा समेत रोक लगाइएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *