अर्का नेपाली युवाले मलेसियामा गरे आत्महत्या
काठमाडौं। मलेसियामा फेरि एक नेपाली युवाले आत्महत्या गरेका छन्। मलेसियाको पेनाङमा कार्यररत भोजपुरका मिलन कुलुङ राईले बुधबार राती झुण्डिएर आत्महत्या गरेका हुन्।
२ हप्ताअघि मात्रै उनले आफू घर फर्किन चाहेको कम्पनीलाई बताएका थिए। त्यत्तिबेला उनको करार अवधि सकिन ५ महिना बाँकी थियो। उडान नहुँदा राईलाई कम्पनीले स्वदेश फिर्ता गराउन सकिरहेको थिएन।
उनले आत्महत्या गर्नुको कारण खुलेको छैन। घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ। केहीदिन अघि पेनाङमै भोजपुरकै बिनोद राईले आत्महत्या गरेका थिए। उनले सुसाइड नोटमा छोरासँग माफी माग्दै शरीरमा करेन्ट लगाएर आत्महत्या गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment