नेपाल आइडलका प्रतिस्पर्धीहरुले गाए सबैको मनछुने गीत ‘दशैं तिहार’ (भिडियो)
काठमाडौँ। नेपाल आइडल सिजन २ का प्रतिस्पर्धीहरुले गाएको दशैं तिहार गीत सार्वजनिक भएको छ। गीतलाई केही दिन अघि युटुबमार्फत सार्वजनिक गरिएको हो। गीतमा नेपाल आइडलको उत्कृष्ट २० मा पुग्न सफल प्रतिस्पर्धीहरुले स्वर दिएका दिएका छन्।
दशैं तिहार बोल रहेको गीतलाई करन जोशी, सविन सुवेदी, सन्जय सोब, रवि शर्मा र विश्वास उप्रेतीले गाएका हुन्। बिक्की महतको शब्द रहेको गीतमा सिद्धार्थ भट्टले संगीत भरेका छन्।
आशिष प्रसाईको निर्देशनमा तयार भएको यस गीतको भिडियोलाई राजेश घिमिरेले खिचेका हुन भने सुशील न्यौपानेले सम्पादन गरेका छन्। गीतमा विशेष गरेर नेपालीको सबैभन्दा ठूलो चार्ड दशैं र विदेशी भूमिमा गएर कार्यरत नेपालीहरुको कथा व्यथालाई समेट्न खोजिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment