सोनिया गान्धी भारतीय काँग्रेसको अन्तरिम अध्यक्षमा यथावत रहने

डिसी नेपाल
८ भदौ २०७७ २१:२४

नयाँ दिल्ली (एजेन्सी)। अन्तरिम अध्यक्षबाट राजीनामा दिने बताएकी भारतीय काँग्रेसकी नेतृ सोनिया गान्धी सो पदमा यथावत रहने भएकी छन्। भारतीय सञचार माध्यमहरुका अनुसार सोमबार भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा गान्धी तत्काल पदबाट राजीनामा नदिन तयार भएकी हुन्।

२०१८ को चुनावमा पार्टीले नराम्रो पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए। त्यसपछि राहुलकी आमा सोनिया पार्टीको अन्तरिम अध्यक्ष बनेकी थिइन्। तर, उनी अध्यक्ष बनेको पनि एक वर्ष पुगिसकेको छ।

पार्टीका केही वरिष्ठ नेताहरुले केही दिन अगाडि सोनिया गान्धीलाई पत्र लेखेर पार्टीको नेतृत्वमा हुने व्यक्ति सक्रिय हुनुपर्ने बताएका थिए। यसपछि सोनियाले राजीनामा दिने बताएकी थिइन्। तर, पार्टीका वरिष्ठ नेताहरुले सोनियालाई तत्काल अध्यक्षबाट नहट्न सुझाव दिएका थिए। पूर्व प्रधानमन्त्री मनमोहन सिंह, एके एन्टोनीलगायतका नेताहरुले सोनियालाई अध्यक्ष पद नछोड्न भनेका थिए।

सोमबार बसेको केन्द्रीय कार्य समिति बैठकमा पूर्व प्रधानमन्त्री सिंह र नेता एन्टोनीले पत्र लेखिएकोमा आपत्ति प्रकट गरेको जनाइएको छ।

कुनैबेला एकछत्र राज गरेको काँग्रेस आई हाल भारतमा दयनीय अवस्थामा पुगेको छ। पार्टीले पछिल्ला दुई आम निर्वाचनमा नराम्रो पराजय भोगेको छ भने प्रदेशका चुनावमा पनि पराजय भोगिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *