शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको कोरोनाको संक्रमणबाट मृत्यु
काठमाडौं । शेर्पा संघ यूकेका अध्यक्ष साना शेर्पाको मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो मृत्यु भएको हाे।
शेर्पा नेपालमा भोजपुर निवासी हुन् । पारिवारिक अनुसार कोरोनाको संक्रमण पुष्टि भएपछि उनलाई १३ जुलाइमा केन्टको विलियम हार्भी अस्पताल भर्ना गरिएको थियो। उपचार गर्दा दुई हप्तासम्म पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई लन्डनको सेन्ट थोमस अस्पताल रिफर गरिएको थियो ।
उनका श्रीमती र तीन छोरा बेलायतमै छन् । बाबुआमा भने नेपालमै छन् ।भूतपूर्व गोर्खा समेत रहेका शेर्पा आफ्नो रिटायर्ड जीवनमा शेर्पा संघ यूकेसहितका संघसंस्थामार्फत सामाजिक क्षेत्रमा क्रियाशिल थिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment