डब्लूएचओले गर्‍यो अफ्रिकालाई पोलियो मुक्त घोषणा

डिसी नेपाल
९ भदौ २०७७ २१:४४

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अफ्रिकालाई पोलियोमुक्त घोषणा गरेको छ। अफ्रिकामा सन् २०१६ पछि पोलियोको कुनै पनि केस नभेटिएको संचारमाध्यमहरुले जनाएका छन्।

पोलियो अफ्रिकामा कैयौं वर्षदेखिे फैलिएको थियो। यसबाट अफ्रिकाका हजारौँ बालबालिकाले ज्यान गुमाएका थिए। तर विगतका केही वर्षेदेखि भने अफ्रिकामा यो भाइरस देखापरेको छैन्। अफ्रिका महादेशमा सन् २०१६ मा नाइजेरियामा देखा परेको र त्यसयता अफ्रिकाका कुनै पनि देशमा पोलियो नदेखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

५४ देश रहेको अफ्रिकामा नाइजेरियामा अन्तिम पालियोको केस देखापरेको थियो। सन् २०१६ यता त्यहाँ कुनैपनि देशमा उक्त भाइरस नभेटिएको भन्दै डब्लूएचओले आज औपचारिक रुपमा अफ्रिकालाई पोलियो मुक्त घोषणा गरेको हो।

२५ वर्ष अगाडी अफ्रिकामा पोलियोले हजारौँ बालबालिकालाई पक्षघात भएको थियो। सन् २०२० मा पोलियो अफ्गानिस्तान पाकिस्तानमा मात्रे देखापरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *