सिरहामा ‘फुड बैंक’ स्थापना
सिरहा । सिरहामा जारी निषेधाज्ञाका कारण मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्षित गरी सदरमुकाम राजविराजमा ‘फुड बैंक’ स्थापना गरिएको छ । सिरहा युनाईटेड संस्थामा आवद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी सामाजिक सञ्जाल फेसबुकमार्फत खाद्यन्न सङ्कलन गरिरहेका छन्।
‘चाहियो भने लिएर जानुस्, नभए दिएर जानुस्’ भने नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट दैनिक १०÷१२ सम्मले खाद्यन्नलगायत सामानले लिएर जाने गरेको सिरहा युनाइटेडका रोशन गुप्ताले जानकारी दिए। लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका विपन्न र मजदुर परिवालाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यन्न सामग्री पु¥याउन ‘फुड बैंक’ स्थापना गरिएको गुप्ताले बताए।रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment