६४ वर्षका डन दाउद इब्राहिमकी जवान गर्लफ्रेण्ड को हुन् ? किन ट्रोल गरिँदैछ ?

डिसी नेपाल
११ भदौ २०७७ १०:१०

काठमाडौं। अण्डरवर्ल्ड डन दाउद इब्राहिम एकपटक फेरि चर्चामा छन् । दाउदकी नयाँ गर्लफ्रेण्डको बारेमा पछिल्लो समय नयाँ दावी आएको छ । रिपोर्टका अनुसार उनी पाकिस्तानी अभिनेत्री हुन् जसलाई मानिसहरु ‘ग्यांगस्टर गुडिया’ नामले पनि चिन्छन् । यी अभिनेत्री महविश हयात हुन् । रिपोर्टअनुसार महविश पहिलो यस्ती पाकिस्तानी अभिनेत्री भने होइनन् जसको नाम दाउद इब्राहिमसँग जोडिएको थियो ।

महविश दाउदभन्दा २७ वर्ष कान्छी छिन् । दाउद अहिले ६४ वर्षका भए भने महविश ३७ वर्षकी छिन् । पाकिस्तानी फिल्म उद्योगमा दाउदले निकै पैसा लगानी गर्छन् र त्यहाँ उनको ठूलो इज्जत र पहुँच छ । कराची र लाहोरमा कैयौं ठूला निर्माता र निर्देशकसँग दाउदको सम्बन्ध छ । दाउदको नाम जोडिएपछि महविशलाई सामाजिक संजालमा निकै ट्रोल गरिएको छ । महविशले भने आफ्नो कसैसँग सम्बन्ध नभएको र आफूविरुद्ध षड्यन्त्र भइरहेको आरोप लगाएकी छिन् ।

हालै महविशलाई पाकिस्तानको ठूलो नागरिक सम्मान तमगा ए इम्तियाजबाट सम्मानित गरिएको थियो । महविशभन्दा पहिले दाउदको नाम अनिता अयुबसँग पनि जोडिएको थियो । रिपोर्टका अनुसार यी दुईको सम्बन्धबारे मानिसहरुले त्यतिबेला मात्र थाहा पाएका थिए जब निर्माता जावेद सिद्दिकीको निर्मम हत्या भएको थियो । जावेदले अनितालाई फिल्ममा लिन नमानेपछि उनको हत्या भएको बताइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.