९० प्रतिशत चिनियाँ भारतमाथि सैन्य कारबाही गर्नुपर्ने पक्षमा
फाइल तस्वीर
काठमाडौं। भारत र चीनबीच तनाव बढिहरेका बेला चीनको सरकारी सञ्चार माध्यम ग्लोवल टाइम्सले एक सर्वे गरेको छ। चिनियाँ एक एजेन्सीसँग मिलेर भारत–ची सम्बन्धका बारेमा सर्वे गरिएको ग्लोवल टाइम्सले जनाएको छ।
सर्वेमा करिब २ हजार मानिस सहभागी रहेको जनाइएको छ। सर्वोमा बेइजिङ, वुहान, सांघाई शहरका मासिहरु सहभागी रहेको ग्लोवल टाइम्सले जनाएको छ। सर्वेमा सहभागी मध्ये ९० प्रतिशतले भारत र चीनबीच तनाव हुँदा सैन्य कारबाही गर्नुपर्ने मत जाहेर गरेका छन्। यस्तो सर्वे भारत र चीनबीच सीमा क्षेत्रमा तनाव जारी रहेका बेला गरिएको हो। हालै लद्दाखमा चीन भारतका सेनाबीच भएको हिंस्रक झडपामा २० जना भारतीय सैनिक मारिएका थिए। सो घटनायता भारत र चीनबीच तनाव जारी छ।

ग्लोवल टाइम्सका अनुसार सर्वेमा सहभागी ५१ प्रतिशत मानिसहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मन पराउने बताएका छन्। यस्तै ७० प्रतिशतले चीन र भारतबीच शत्रुतापूर्ण व्यवहार रहेको विचार राखेका छन्। जबकी २६ प्रतिशतले भारतलाई राम्रो छिमेकी भनेका छन्। यो सर्वे १७ देखि २० अगस्टसम्म गराइएको थियो।
भारत र चीनबीच सीमामा तनाव बढेपछि दुबै मुलुकहरुले ठूलो संख्यामा सेना सीमा क्षेत्रमा तैनाथ गरेका छन्। सीमा क्षेत्रमा लडाकु विमान र अत्याधुनिक हतियार पनि दुबैतर्फ जम्मा पारिएको छ। तर, दुबैदेशबीच कूटनीतिक स्तरमा पनि लगातार वार्ताहरु भइरहेका छन्। भारत र चीनबीच १९६२ मा युद्ध भइसकेको छ। जसमा भारतले पराजय भोगेको थियो।








डिसी नेपाल








Facebook Comment