पाकिस्तान र अफगानी तालिवानबीच वार्ता

डिसी नेपाल
११ भदौ २०७७ २३:३२

इस्लामावाद (रासस/सिन्ह्वा)। पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेशीले बिहीबार अफगानिस्तानको द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अफगानी तालीवानी समूहसँग भेटवार्ता भएको बताएका छन्।
भेटमा शान्ति प्रक्रियामा भएका प्रगतिको जानकारी तालीवानी प्रतिनिधिले आफूलाई जानकारी गराएको र समग्र प्रक्रियाबारे कुराकानी भएको उनले बताए।

कुरेशीले अफगानी तालीवान विद्रोहीद्वारा पाकिस्तान पठाएका प्रतिनिधिसँग दुई दिन पहिले भेट गरेका थिए। अफगानी तालीवान समूहका केही नेताहरू अहिले पाकिस्तानी क्षेत्रमा रहेका छन् ।

पाकिस्तानी विदेशमन्त्री कुरेशीका अनुसार भेटमा शान्ति प्रक्रियालाई अगाडि बढाउने विधि तय गर्नेबारे छलफल भएको उल्लेख गरे।

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “तालिवानी समूहका राजनीतिक प्रतिनिधिहरूसँग भएको भेट धेरै उपयोगी थियो ।”

“अफगानी द्वन्द्वको राजनीतिक समाधान उत्कृष्ट तथा निर्विकल्प उपाय हो र यो सम्भव छ,” पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । पाकिस्तानले अन्तर–अफगानी वार्ता सुरु हुनेमा विश्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.