सरकारी अधिकारीको आफ्नै सेक्रेटरीसँगको चर्तिकला सबै कर्मचारीले प्रत्यक्ष देखेपछि…

डिसी नेपाल
१३ भदौ २०७७ १०:५०

काठमाडौं। कोरोनाभाइरसका कारण धेरैजसो कार्यालयको काम अनलाइनमै भइरहेका छन् । बालबालिकाको पढाइदेखि बैठक पनि अनलाइनमै भइरहेका छन् । तर, प्रविधिको राम्रो ज्ञान नहुँदा वा लापरवाहीका कारण यस्ता घटना पनि क्यामेरामा कैद भइरहेका छन् जसले ठूलो समस्या सृजना गरिरहेको छ । यस्तै घटना फिलिपिन्समा भइरहेको छ ।

द सनको रिपोर्टअनुसार फिलिपिन्सका एक सरकारी अधिकारी जूम बैठकका क्रममा आफ्नै सेक्रेटरीसँग यौनमा लिप्त अवस्थामा रंगेहात समातिएका छन् । क्याभिटे प्रान्तमा फातिमा दास गाउँ काउन्सिलका सदस्यहरुको जूम बैठक चलिरहेको थियो । कामको सिलसिलामा अधिकारीहरुको यो बैठक दिनहुँ हुन्थ्यो तर २६ अगष्टमा भएको बैठकका क्रममा क्याप्टेन जीसन एस्टिल नामका अधिकारीबाट ठूलो गल्ती भयो ।

एस्टिललाई लाग्यो कि बैठक समाप्त भयो र केही समयपछि अर्को बैठक फेरि सुरु हुनेछ जबकि बैठक जारी थियो । एस्टिलले आफ्नो क्यामेरा अन नै छोडेर उठे र त्यही कोठामा सेक्रेटरीसँग रोमान्स गर्न थाले । यस क्रममा सबै कर्मचारी कन्फ्रेन्स कलमा लाइभ थिए । उनीहरुमध्ये एक स्टाफे आफ्नो फोनमा एस्टिलको यो हर्कतको भिडियो बनाए । केही समयपछि जब एस्टिललाई मिटिङमा पुनः जोडिने कुराको सम्झना भयो त्यतिबेला मात्रै उनले थाहा पाए कि क्यामेरा त अन नै थियो ।

हेर्दाहेर्दै यो भिडियो सामाजिक संजालमा भाइरल भयो । भाइरल भएसँगै मानिसहरु अधिकारीप्रति निकै आक्रोशित भए । केहीले त उजुरी नै हाले । घटनाको विवाद चर्किंदै गएपछि स्थानीय सरकारको विभागले एस्टिललाई छिटै जागिरबाट निकालिने बतायो । रिचर्ड जेरोनिमो नामका एक अधिकारीका अनुसार एस्टिलले यो घटनाको लागि माफी मागेका छन् । तर, यो सानो घटना नभएकोले उनले सजाय पाउने जेरोनिमोले बताए । भिडियो सार्वजनिक भएपछि एस्टिल र उनकी सेक्रेटरी दुवै लुकेर बसेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *