चीनमा सबैभन्दा पहिले कोरोना संक्रमण पुष्टि गर्ने अस्पतालका प्रमुखलाई बर्खास्त गरियो
काठमाडौं। चीनको वुहानस्थित सेन्ट्रल हस्पिटल अफ वुहानका प्रमुख काइ लीलाई बर्खास्त गरिएको छ। बिहीबार एक स्टाफ बैठकमा काइ लीलाई बर्खास्त गरिएको जानकारी दिइको चीनको स्वतन्त्र संचारमाध्यम काइसिनले जनाएको छ। यो अस्पताल चीनका अस्पतालहरुमध्ये कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित भएको अस्पताल हो । यहाँ अन्य अस्पतालको तुलनामा सबैभन्दा धेरै स्वास्थ्यकर्मीले ज्यान गुमाएका थिए । साथमा चीनमा सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण पुष्टि गर्ने अस्पताल पनि यही हो ।
अस्पतालमा कोरोनाभाइरसबाट संक्रमित भएर छैटौं डाक्टर ओप्थाल्मोलोजिस्ट हु वेइफेंगको निधन भएको तीन महिनापछि काइलाई बर्खास्त गरिएको हो । हु यो अस्पतालमा कोरोनाभाइरसका कारण मृत्यु हुने छैटौं डाक्टर थिए । उनीअघि ह्वीसलब्लोअर डाक्टरहरु ली वेनलियाङ, मेइ जोंगमिंग, जियाङ सुएकिङ, झु हेपिङ र लिउ ली क्रमशः फेब्रुअरी ७, मार्च १, मार्च ३, मार्च ९ र मार्च २० मा कोरोनाभाइरसकै कारण मृत्यु भएको थियो ।
बैठकमा अस्पतालले काइ किन बर्खास्त गरिए भन्नेबारे बताइएन । यो अस्पताल वुहानमा महामारीको उच्च प्रकोपका बेला सबैभन्दा प्रभावित थियो । यो अस्पतालमा २८५ स्टाफ कोरोनाभाइरसबाट संक्रमित पाइएका थिए र यो कुनै पनि अस्पतालमा सबैभन्दा उच्च संक्रमण थियो ।







डिसी नेपाल








Facebook Comment