फिलिपिन्समा गोली चल्दा कम्तीमा आठको मृत्यु

डिसी नेपाल
१३ भदौ २०७७ १९:५०

मनिला । फिलिपिन्सको दक्षिणी राज्य कोटाबाटोमा शनिबार दिउसो एउटा अज्ञात समूहले सडकमा अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय अधिकारीले बताएका छन् ।

एक स्थानीय अधिकारीका अनुसार कबाकन शहरमा मोटरसाइकलमा हिँडिरहेका पीडितहरू सबै पुरुष रहेका छन् । घटनाबारे अनुसन्धान सुरू गरिएको बताउँदै उनले थप जानकारी प्रारम्भिक अनुसन्धानपछि आउने बताए ।

आक्रमणको कारण र पीडितको पहिचानका लागि प्रहरी अनुसन्धान भइरहेको ती अधिकारीले बताए । यद्यपि घटनाबारे प्रहरीले आधिकारिक जानकारी गराइसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.