भारतीय काँग्रेसले फेसबुकका मालिकलाई पत्र लेखेर भन्यो : भाजपा र व्हाट्सएपबीच गठबन्धन छ
काठमाडौं (एजेन्सी)। सामाजिक सञ्जाल फेसबुक र व्हाट्सएपले राजनीतिमा दखल दिएको भनेर आलोचना भइरहेका बेला भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसले फेसबुकका मालिक मार्क जुकरबर्गलाई पत्र लेखेको छ। हालै अमेरिकी पत्रिका टाइम म्यागेजिनमा प्रकाशित एक समाजारमा व्हाट्सएप र भारतीय सत्तारुढ पार्टी भाजपाबीच गठबन्धन रहेको खुलासा गरिएको थियो।
भारतीय काँग्रेसले यही विषयमा स्पष्ट पार्न मार्क जुकरबर्गलाई पत्र लेखेको बीबीसी हिन्दीले उल्लेख गरेको छ। यसअघि अर्को अमेरिकी पत्रिका वालस्ट्रीट जर्नलले पनि फेसबुकले भारतीय सत्तारुढ दलका नेताहरुलाई हेट स्पीचका लागि बनेको नियम खुकुलो पारेको उल्लेख थियो। यो विषयमा पनि भारतीय कााग्रेसले १७ अगस्टमा फेसबुकलाई पत्र लेखेको थियो।
भारतमा ४० व्हाट्सएपका ४० करोड प्रयोगकर्ता रहेको भन्दै काँग्रेसले अब व्हाट्सएप प्रयोग गर्न पैसा तिर्नु पर्ने र त्यसका लागि भारत सरकारको स्वीकृति चाहिने बताएको छ। मोदी सरकारले यस्तो स्वीकृतिसमेत दिने तयारी गरेको र व्हाट्सएपले भाजपालाई सहयोग पुग्ने गरी काम गरेको उल्लेख गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment