सीमा सुरक्षालाई सुदृढ बनाउने चिनियाँ राष्ट्रपति सीको भनाई

डिसी नेपाल
१३ भदौ २०७७ २१:५२

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले चीनले सीमालाई सुदृढ बनाउने बताएका छन्। उनले शुक्रबार र शनिबार भएको सातौं राष्ट्रिय सेमिनारमा उनले चीनले राष्ट्रिय सुरक्षा र दीर्घकालीन स्थायित्व सुनिश्चित गर्नुपर्ने बताए।

चीनको कम्युनिष्ट पार्टी (सीपीसी)का केन्द्रीय कमिटीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले नयाँ युगको लागि तिब्बत शासन सम्बन्धी सीपीसीको नीतिहरू पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले राष्ट्रिय सुरक्षा र स्थायी शान्ति तथा स्थायित्व सुनिश्चित गर्न, जनताको जीवनमा निरन्तर सुधार, राम्रो वातावरण कायम गर्न, सीमा सुरक्षाको सुदृढीकरण र सीमा सुरक्षा सुनिश्चित गर्न प्रयास गर्न आग्रह गरे। २०१५ मा भएको छैठौं सेमिनारपछि तिब्बतले बिभिन्न क्षेत्रमा व्यापक प्रगति र ऐतिहासिक उपलब्धि हासिल गरेको राष्ट्रपति सीले बताए।

यस्तै उनले पार्टी र राज्यको समग्र कार्यमा तिब्बतको दिगो स्थिरता र द्रुत विकासको प्रमुख योगदान रहेको देखिएको पनि उल्लेख गरे। सीले तीब्बतका जनतालाई थप शिक्षा र मार्गदर्शन प्रदान गर्नुपर्ने बताए। उनले भने, ‘तीब्बत सम्बन्धी काम राष्ट्रिय एकताको संरक्षण र जातीय एकतालाई सुदृढ गर्नमा केन्द्रित हुनुपर्दछ । जनतालाई थप शिक्षा र मार्गदर्शन प्रदान गर्नुपर्छ जसले स्थिरतालाई जोगाउन ठूलो मद्दत गर्दछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.