शूटिंगकी राष्ट्रिय खेलाडीले आफ्ना आमा र भाईमाथि निशाना लगाएपछि…
नयाँ दिल्ली (एजेन्सी)। भारतको लखनऊमा एक डबल मर्डर काण्ड भएको छ। उत्तरप्रदेशको राजधानी लखनऊमा एक शूटिंगकी राष्ट्रिय खेलाडीले आफ्नै आमा र भाईको हत्या गरेको घटना सार्वजनिक भएको छ।
लखनऊस्थित मुख्यमन्त्री निवास नजिकै सो हत्या काण्ड भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उत्तरप्रदेश प्रहरीले घटना भएको ४ घण्टा भित्रै खटनाको रहस्योद्घाटन गरेको जनाइएको छ। प्रहरीका अनुसार शूटिंगकी एक राष्ट्रिय खेलाडीले गोली हानेर आमा र भाईको हत्या गरेकी हुन्। उनले आफूलाई पनि चोट पुर्याएको जनाइएको छ। प्रहरीले गोली चलाएको बन्दुकसमेत बरामद गरेको जनाइएको छ।
उनले घटनास्थलमा तीन गोली चलाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती युवतीले एक गोली आईम अनक्वालिफाइड लेखेको शिसामा प्रहार गरेकी थिइन् भने एक गोली भाईलाई र अर्को गोली आमालाई प्रहार गरेकी थिइन्। त्यसपछि आफ्नै नसासमेत काटेको जनाइएको छ। उनी मानसिक रुपमा विक्षिप्त रहेको बताइएको छ।







डिसी नेपाल








Facebook Comment