ट्रम्पले भने – मेरी छोरी इवांका अमेरिकाकी पहिलो महिला राष्ट्रपति बन्नुपर्छ

डिसी नेपाल
१४ भदौ २०७७ १०:२०
8
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार न्यू ह्याम्पशायरमा समर्थकहरुलाई सम्बोधन गर्दै आफ्नी छोरी इवांका अमेरिकाकी पहिलो महिला राष्ट्रपति बन्नुपर्ने बताएका छन् । उनले भने ‘मलाई लाग्दैन कि कमला ह्यारिस उपराष्ट्रपति बन्न योग्य छिन् । मलाई यो पनि लाग्छ कि मेरी छोरी र सल्लाहकार इवांका ट्रम्प अमेरिकाकी पहिलो महिला राष्ट्रपति बन्नुपर्छ । ट्रम्पले उपराष्ट्रपति पदका उम्मेदवारको तुलना गर्दागर्दै अचानक राष्ट्रपति पदमा पुगेर यस्तो बताएका हुन् ।

ट्रम्पले भने ‘डेमोक्रेटिक पार्टीले अमेरिकीहरुलाई केवल सपना देखाउन सक्छ । यी कहिल्यै पूरा हुँदैनन् ।’ ट्रम्पले कमला ह्यारिसको क्षमतामाथि सीधा प्रश्न उठाए । ट्रम्पले भने ‘उनी त राष्ट्रपति बन्ने दौडमा सहभागी थिइन् । तर, अब उपराष्ट्रपति बन्ने कोसिस गरिरहेकी छिन् । मलाई लाग्छ मेरी छोरी र सल्लाहकार यो पदको लागि धेरै राम्रो उम्मेदवार हुन् । म त यो पनि भन्छु कि इवांका नै अमेरिकाकी प्रथम महिला राष्ट्रपति बन्नुपर्छ । यो भूमिकाको लागि उनी सबैभन्दा राम्रो उम्मेदवार हुन् । अब त मानिसहरुले पनि भन्न थालेका छन् कि इवांकालाई यी महत्वपूर्ण पदमा देख्न चाहन्छन् । यसमा कमलाको कुनै गल्ती छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.